सिद्धलेकमा असोज २१ देखि फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ८, २०७८

धादिङ असोज ८ । धादिङको सिद्धलेक गाउँपालिका ७ स्थित आदमटारमा असोज २१ देखि वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

अरुणोदय युवा क्लब आदमटारले नेपालीहरुको महान चाड दशैको अवसरमा असोज २१ देखी २४ गतेसम्म अन्तर वडा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

तियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैंया र मेडल, प्रमाणपत्र, कप प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र धेरै गोल गर्नेलाई नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने बताईएको छ ।