
धादिङ भदौ २७ । नेकपा माओवादी केन्द्र निकट नीलकण्ठ नगरपालिका ( काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो भेला काठमाडौमा शनिबार सम्पन्न भएको छ । भेलाले ईन्चार्जमा कमल जमकट्टेल, अध्यक्षमा एनबी गुरुङ (राज) उपाध्यक्षहरु संजित गुरुङ दिनेश बिष्ट, रंजित बिक, सचिवमा नवराज श्रेष्ठ, सहसचिवमा राज कुमार गौतम, कोषाध्यक्षमा सेलिना तामाङ रहने गरि २९ सदस्यीय नीलकण्ठ नगरपालिका( काठमाडौं सम्पर्क समन्वय समिति गठन गरेको छ ।
उक्त कार्यक्रममा जिल्ला पार्टी कार्यालयको भवन निर्माणको लागि प्रकाश अधिकारीले १ लाख ११हजार १११ र कमल जमकट्टेलले ५० हजार धादिङ जिल्ला सह-ईन्चार्ज राम बहादुर भण्डारीको रोहवरमा नीलकण्ठका पार्टी अध्यक्ष दिपक विश्वकर्मालाई प्रदान गरिएको ध्रुव सिलवालले बताए ।
