होमस्टे देखि मैलुंग झरना सम्म …

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २४, २०७८

विक्रम सम्बत् २०७६ साल माघ महिनाको त्यस्तै आधाआधीको समय । काठमाडौमा यसै पनि चिसोको अनुभुति, उसै माथि माघ महिनाको मध्य जाडोले राज जमाइरहेको थियो । भखैर भर्खर कोरोनाले विश्व जगतमा तहल्का मचाइरहेको बेला, नेपालमा पनि आशंकाको बाक्लै तुवांलो मडारिरहेको थियो । त्यसै बेला गोष्ठी आयोजना हुने अपुष्ट जानाकारी पांए । जात्रा जस्तैे संधैजसो देखिने मान्छेकोे भिड, फोहरको थुप्रो, गाडीको कर्कश आवाज, ठाउं ठाउंको सडक जामले हुने ठुलै हैरानीले गोष्ठी उपत्यका बाहिर कतै भैदिए हुन्थ्यो भन्ने लागेको थियोे । फागुनको पहिलो साता पोखरामा गोष्ठी हुने जानाकारीले मनले चिताए जस्तै भएको पाउंदा दंग परें ।

दिनभरीको काम सकेर थकाइलाइ थाती राख्दै नुवाकोट विदुर स्थित अनुदान ब्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालयबाट बेलुका त्यस्तै ४ बजे निमित्त कार्यालय प्रमुख शम्भु कुमार शाह र म, सवारी चालक यादव प्रसाद थपलियालाई साथमा लिएर गोष्ठीमा सहभागी हुन कार्यालयबाट निस्कियौं ।

विदुरदेखि पछ्याउंदै आएको त्रिशुली, गल्छी बैरनी, गजुरी, मलेखु हुंदै मुग्लिनमा पुगे पछि हाम्रों साथ छुट्यो । जीवन र यात्रा भन्ने कुरा उस्तै रहेछ । समय परिस्थितिमा यसैगरि छोड्दै जानुपर्ने स्थिति आउंदो रहेछ । मस्र्यांदीको लय समाते पछि पश्चिमतिरको डांडामा अस्ताउंदो सुर्यको लाली फिका हुंंदै विलाएर गयो । मस्र्यांदीलाई छोएर हावासंगै आएका चिसा वाष्प कणहरु सेरोफेरोमा घुमिरहकोले चिसोले उसैगरि हामी माथि राज जमाउंदै थियो । वरिपरि देखिने डांडा पाखा हरिया बुट्यान खोला खोल्सी पुल पुलेसा अन्धकारको बढ्दो सामाज्य भित्र क्रमशः बन्दी हुंदै थियो ।

गाडीको उज्यालोमा सिधा बाटो बाहेक वरिपरि केहि नदेखिने निष्पट्ट अंध्यारोलाइ छिचोल्दै गन्तब्यतिर दौडिरह्यौं । तनहुंका सरहरु पनि पोखरा गोष्ठीमा सहभागि हुन जाने सिलसिलामा दमौलीबाट अलि अगि बढे पछि कतै बाटोसंगै रहेको चिया पसलमा हामीलाई पर्खिरहनु भएको रहेछ । सामिप्यले एक अर्कालाई आत्मियता भित्र अझै गांजे जस्तो लाग्यो । आधा उज्यालो लिएर खुर्पे जुन पनि हामी जस्तै गन्तब्य तिर लम्कंदै थियो । सामान्य चिया चमेनासंगै आधा घण्टा जतिको विश्राम पछि हामी पोखरा गोष्ठीतिर लम्कियौं ।

त्यस्तै सांझको आठ बजेतिर गोष्ठी सञ्चालन हुने पोखरा लेक साइड पुग्यौं । केहिवेरको विश्राम पछि सहभागीको तर्फबाट नाम लेखाउने र कोठा बुक गर्ने काम शुरु भयो । भोलि पल्ट विहान खाजा नास्ता पछि नौ बजेबाट शुरु भई बेलुका ४ बजे सम्म गोष्ठी सञ्चालन हुने कुरा कार्यक्रम तालिका बाट जानाकारी पायौं । तालिम अघि पछिको समयलाई पशुपतिको यात्रा सिद्राको ब्यापार भने झैं हामीले पनि आफ्नै दैनिकी तय गर्दै गयौं ।

गोष्ठी उद्घाटनको क्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले सहभागी सबैलाइ उर्जा दिने खालको गर्विलो विचार प्रस्तुत गर्नु भयो । प्रशिक्षकहरुको प्रस्तुति, होटलको चुस्त ब्यवस्थापनले गोष्ठी अवधी भर हामी प्रशिक्षार्थीहरुमा गहिरो छाप छोडेको थियो । तेश्रो दिन गोष्ठी समापनको अवसरमा सहभागी प्रशिक्षार्थीको तर्फवाट मैले पनि केहि बोल्ने अवसर पाएको थिएं ।

शहरको मुख्य मुख्य भागमा ढुंगा विच्छाएको पेटि सहितको सफा सडक, न गर्मि न जाडोको अनुकुल मौसम मानौं कोठालाई चिसो तातो गर्न राखिएको वातानुकुलित ए सि जस्तै लाग्यो पोखरा शहर । प्राकृतिक ,धामिक र साहसकि खेलको त्रिवेणी भएको पोखरा नेपालकै उत्कृष्ट भौगोलिक विषेशता भएको अनुपम शहर नै लाग्यो । गोष्ठी अवधी भर फेवातालको छेउकुना हुंदै ताल बराहीको द्र्शन लगायत पातले छांगो (डेभिड फल्स) को अवलोकन, विन्ध्यवासिनीको मन्दिर हुंदै सरांगकोट सम्मको यात्रा तय गर्यौं ।

लगभग १६०० मी उचाइमा रहेको सरांगकोटबाट अन्नपुर्ण,माछापुच्छ्रे धवलागिरी हिमालको दृष्य हेर्न कम्ति उत्सुक थिएनौं । मौसमको प्रतिकुलताले मनको अभिलाषा यस पटक पनि पुरा गर्न सकिएन । पोखरा उपत्यकाको काखमा रहेको पोखरा शहर, गाउंवस्ती, फेवाताल र त्यसको मुहान हर्पन खोला भने बाक्लै तुंवालो विच पनि क्यामराभित्र कैद गर्यौं ।

सधैंभरको दौडादौड र व्यस्तताबाट मुक्ति चाहनेले आफ्नो व्यक्तिगत समय र स्थान खोज्दो रहेछ । माटोमा सुगन्ध छ, माटोमा जीवन छ भन्ने सांचो अर्थ बुझेर नै होला कंक्रिटयुक्त शहरबाट थोरै दिनको बसाई. सरेर यिनै भिर पखेराको माटोसंगै सहेली खेल्न हामी जस्तै सबै यात्रीको बेला बेलामा यसरी घुईंचो लाग्ने गर्दो रहेछ । सधैंभरिको दौडादौड र कार्य व्यस्तताबाट थोरै मुक्ति पाउन अवसरलाइ कहिलेकांही यसै गरि छोप्दै जानु पर्दो रहेछ ।

दिनको त्यस्तै १ बजेको हुंदो हो , हाम्रा पाइलाहरु कास्की ,स्यांजा र पर्वतको संगम रहेको पञ्चासे भन्दा थोरै वरको तालिव्रांग स्थित होमस्टे तिर अघि बढ्न शुरु गरे । सदैव हर हमेशा उर्जा दिने केन्द्रिय आयोजना कार्यान्वयन इकाइका आर्थिक प्रशासनका उपसचिव हिरालाल भण्डारी सरको उपस्थितिले हामी सहभागी यात्रीमा बेग्लै किसिमको उत्साह थपेको थियो । १४ जना जति हामी सहभागी यात्रीहरु लेकसाइडबाट सरांगकोट हुंंदै ८,१० कि मि पार गरे पछि पिच बाटो छाडी कच्ची र सांघुरा वाटो समात्यौं ।

गन्तब्यतिर लम्कदै गर्दा आंखा अगाडी परेका गाउंवस्तीहरु एक पछि अर्को गरि छाडिदै गए । कतै कतै सम्म मैदानी फांटमा हरियालीे विच झुरुप्प परेका वस्ती मोहक देखिन्थ्यो । भौगोलिक अवस्था पनि मान्छेको जीन्दगी जस्तै फरक फरक हुने रहेछ । कतै कतै अग्ला पहाडको टुप्पामा फाट्ट फुट्ट एक दुई घर देखिन्थे , कतै भने गहिरो खोंच देख्दा कहाली नै लाग्थ्यो ।

सांघुरो ,कच्ची ,कम्सल वाटो बडो होसियारी साथ घुम्ती मोडहरु सहितको उकाली ओराली र पुल पुलेसा पार गर्दै युद्धका सिपाही जस्तै अघि बढि रह्यौ । फराकिलो खहरे खोलासंग हाम्रो जम्काभेट भयो । पुलपुलेसा थिएनन । उड्न सिकिरहेको बचेरा जस्तै हामी पनि अप्ठेरो बाटोमा विस्तारै विस्तारै घिस्रिरहेका थियौं । लामो ढुंग्यान र वगर पार गर्दे खोलाको पल्लो किनारमा पुग्यौं । पुर्वााधारका कामहरु भने भैरहेका थिए । गुरुजीहरुको कुशलताले नै त्यति कठिन ठाउं छिचोलेर सकुशल अगि बढ्न सकेकोे जस्तो लाग्यो ।

खोला पार गरे पछि पनि उसैगरी कच्ची वाटो उकाली ओरालीको यात्रामा टाउको घुंडा जुधाउंदै थियौं । उद्येश्य के लिनु उंडी छुनु चन्द्र एक भने झैं हामी पनि निलआर्मस्टग झैं निरन्तर गतिमा घुइंकि रह्यौ.,एकतमासले भोक तिर्खा थकाई सबै विर्सेर । आशंकाले मनमा डेरा जमाउंदै थियो । डरलाई भोग्न आएकै हौं । यसलाई छिचोल्न सके सबैभन्दा रमाइलो यसैमा हुन्छ ।

सांझ ५ बजेतिर मात्र गन्तब्यमा पुग्न सकेकोमा युद्ध जिते झैं लाग्यो । शहरवस्तीकोे कर्कश आवाजको कोलाहल अगाडी यो ठाउं निशब्द लाग्यो । वरिपरि डांडाको विचमा झरुप्प गुरुंग वस्ती निकै गुल्जार लाग्थ्यो । पुर्वाधारको कमीले रोजाइमा नपरेका यी ठाउं अहिले साहसिक यात्रा, मनोरञ्जन सबै हिसावले गन्तब्य बनेको देख्दा सरकारको ध्यान पुग्न सके वांदर लड्ने भिर पखेरा पनि स्थानियको आम्दानीको राम्रो श्रोत बन्न सक्थयो भन्ने लाग्यो ।

यात्राले विश्राम लिए पछि हामी भित्र भएका ताप र राप पनि थर्मामिटरको सुई जस्तै गरि विस्तारै ओर्लन लाग्यो । भर्खर सम्म आशंकाले असिन पसिन भएको सरिरले चिसो अनुभुति गर्न थाल्यो । हामी झण्डै २२०० मिटर उचाइमा अवस्थित रहेछौं । विश्राम संगै मनलाइ बहलाउने क्रममा टहलिंदै नजर घुमाउंदा पञ्चासे डांडा माथि दृष्टि पुग्यो । धार्मिक ऐतिहासिक र प्राकृतिक छटाले भरिएको पञ्चासे पुग्न होमस्टेबाट गाडीमा त्यस्तै आधा घण्टाको समय लाग्दो हो ।

स्थनियका अनुसार त्यो ठाउं वाइसे चौविसे राजाहरुको किल्ला,अन्धाअन्धी दह,सिद्धबाबाको मन्दिर,वाराही मन्दिर भेट्न सकिन्छ भने यहांबाट सफा मौसममा धौलागिरी, माछापुच्छ्े, अन्नपुर्ण, लम्जुंग र गणेश हिमाल लहरै देख्न सकिने रहेछ । विभिन्न थरिका सुनगाभाको लागि प्रसिद्ध यस ठाउंमा गए पछि छुट्टै विषेशता बोकेको ठाउंको अनुभुति गर्न पाइंदो रहेछ ।

हाम्रो स्वागतमा फुलको माला सहित परम्परागत पोशाकमा आतिथ्य प्रदान गर्न आइपुगिसकेका रहेछन, तहांका स्थानिय । उनीहरुको मुस्कान सहितको आतिथ्यले यात्राभरीको भोक, थकाई, तिर्खा सबै विर्से जस्तो गरायो । सायद, खुसी भेटिने ठाउं यहिं मात्र रहेछ । शहरदेखि कोशौं धाएर यो अनकण्टार भनिने गाउंघरमै आइपुग्दा पहिचानको नाममा हामी आफैलाई शास्त्र हराएर खोजी पसेको यात्रु जस्तो लाग्यो ।

यात्राले नै, डाँडा-काँडा, कन्दरा, फाँट भित्र हुर्केका मानिसहरुको जीवनशैली, सुख-दुःख, चालचलन पनि नजिकबाट नियालिेर हेर्ने अवसर दिँदो ददो रहेछ । दिनभरीको घामको राप र तापले थकित सुर्य देवता अर्को संसारतिर लम्किने तरखरमा थिए । ओइलिंदो घामले सांझको घुम्टो ओड्न थाल्यो । बढ्दै गैरहेको अध्यारोको साम्राज्य भित्र अर्गानिक खाना गुन्द्रुक र मकै भटमासको मिठो स्वादको शुरुआतबाट विजुली वत्तिको धिप धिपे उज्यालोसंगै भोक प्यास थकाई मेट्दै गयौं ।

होमस्टेको लागि पोखरा देखि नै थप खाने कुराको प्रवन्ध गरि सकेका थियौं । जोर मादलको तालमा स्थानियसंग खुवै रमाइलो नाच गान चल्यो । छिप्पिदो रातसंगैे दोहोरीले उब्जाएको आत्मियता पनि उसै गरि झांगिदैे थियो । संधैको रात आजै खप्टिएर लामो भैदिए हुन्थ्यो भन्ने लाग्यो । धेरै कुरा नियन्त्रणमा राख्न सकिए पनि समय सबै भन्दा वलवान हुंदोरहेछ । एवम क्रमले रमाइलो चलिरहंदा रातको २ बजेको पत्तो भएन ।

लोक दोहोरीलाई मनोरञ्जनको साधन मात्र नभएर संस्कृति, इतिहांस र पारस्पारिक सम्बन्ध जोड्ने सेतुको रुपमा पनि लिन सकिने रहेछ ।
गाउंका खाका कोर्न शहरवस्तीका महंगा होटलमा बसेर गरिएको योजना तर्जुमाले गरिविको दुचक्रलाई तोड्न सकिदैन । गांउको भावना बुझ्न यहांको रहनसहन, भौगोलिक अवस्था र हावापानीका विशेषतालाई चिर्न सक्नु पर्छ । नाचगान र दिनभरिको कुदाइले होला, विस्तारामा पल्टिनासाथ निदाइएछ । त्यो निद्रा भोक लागेको बेलाको भोजन भन्दा निकै मिठो थियो । मीठो निद्राको लागि आकर्षक महल भित्रको आरामदायी विस्तारा भन्दा प्रकृतिको काखमा यसरी नै रमाउन पाउनुको छुट्टै आनन्द लाग्दो रहेछ ।

विहानको चिया चमेना सहितको सत्कार त्यहिं होमस्टेमा लियौं । स्थानियसंग सम्झनाको सेरोफेरमा क्यामराको पर्दाभित्र उसै गरि लामवद्ध भयौं । विदाइको शिष्टाचार पछि गन्तब्य तिर सोझिदा विहानको घाम पञ्चासे डांडोबाट बाक्लै हुस्सु विच निकै माथि उक्लिएर हामीलाई नियाली रहेको थियो । हिजोको अप्ठ्यारा बाटाको सामना गर्देे पोखरा पुग्दा विहानको ११ बजिसके छ ।

तनहुंका कार्यालय प्रमुखबाट दमौलीमा आतिथ्य सत्कार गर्ने कुराले नास्ताको लागि पोखरामा अलमल नगरी अगि बढ्यौं । वेगनास तालको जति चर्चा परिचर्चा भए पनि समय परिथितिले मनको अभिलाषा मनभित्रै सिमित गर्यौं । यसपाली भने गए रातिको यात्रामा अदृष्य भएका हरियाफांट, मुना चढ्दै गरेका वन जंगल, पुलपुलेसा, मादी, मस्र्यांदी सेतीलाइ नजिकबाट नियालेर हेर्न मौका पायौं । निलो आकाशले हरियाली धरतीलाइ जस्तै हिमाललाई पनि उसै गरि छपक्क छोपेकोे थियो ।

मध्यान्हको समय थियो दमौली उत्रदा । विहानको नास्ताको लागि पोखराबाटै अर्डर भैसकेकोले ताजा र स्वदिष्ट खाना हामी पुग्ना साथ अगाडि आइपुग्योे । भोजन लिएको केहि क्षणको विश्राम पछि छुटिदाको शिष्टाचार स्वरुप अभिभवदन गर्दे आ आफ्ठनो गन्तब्यतिर लाग्यौं ।
२०७७ भाद्र महिनाको अन्तिम अन्तिम समय थियो । बर्षा मौसमको संधैजसो कालावादलमा लुकामारी खेल्दै गरेको सुर्य, प्रशन्न मुद्रामा रापिलो किरण धरतीतिर सोझ्याउंदै थिए । बर्षा ऋतुले आराम गर्दै र शरद ऋतुको आगमन संगै पुरै सफा आकाशको निलो पृष्ठभुमिमा खेतका हरियाली गराहरुले पनि शोभायमान हुने अवसर पाएको थियो ।

शनिवारको दिन विहान सवेरै खाना खाए पछि यिनै प्राकृतिक छटाहरुमा सहेली खेल्दैे मनलाई बहलाउने विचारले म र शम्भु कुमार साह सरका परिवार सहितको यात्रा विदुरवाट करिव १८ कि मि को दुरीमा रहेको मैलुंग झरनातिर सोझियो । मैलुंग झरना, रसुवा जिल्लाको मनोरम आकर्षण मध्ये एक हो । करिव ५० फिट जति माथिबाट खसेको पानीले झरनाको रुप लिंदा स्थानिय पर्यटकलाइ निकै लोभ्याएको छ । सवारीका साधन यहि ठाउं भएर काठमाण्डौ देखि रसुवागढी सम्म पुग्नसक्ने भएकाले जिल्लावाहिरका पर्यटकको चाप समेत दिनानुदिन बढिरहेको छ । मुख्यत: वर्षा ऋतु शुरु भए देखि शरद ऋतु सम्म मैलुंग झरना हेरेर आनन्द लिन सकिने रहेछ ।

। स्थानिय सरकारबाट यसको खासै प्रचार प्रसार हुन सकेको जस्तो लागेन । प्रचार प्रसार हुन सके स्थानिय जन्ताको रो्जी रोटीमा थोरुै भए पनि राहत प्रदान गर्न मद्दत पुग्न सक्ने देखिन्थ्यो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणधिन बहुचर्चित ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी’ सडक यहि मैलुंग झरना भएर वारपार गरेको छ । निर्माण सम्पन्न भै विद्युत उत्पादन भैरहेको ६० मे वाटको माथिल्लो त्रिशुली घब् को हेडवर्कस सम्मै पुगेर बस्तु स्थितिको पनि अवलोकन गर्ने अवसर पायौ. ।

बेत्रावती देखि मैलगुंको वाटो भएर स्याफु्रबेशी हुंदै रसुवागढी पुग्ने यो पासांगल्हामु मार्गको सबै भन्दा छोटो , सजिलो र कम जोखिमयुक्त भएको बाटो पनि हो । नुवाकोट वसाइको लगभग २ वर्षको समयमा यसलाई कर्मथलो वनाएर गोसाईंकुण्ड, स्याफु्बेशी स्थित चिलिमे जलविद्युत आयोजना,पुने हिल सहित अष्ट्रेलियन क्याम्प, पोखरा भ्रमण ,सहकर्मी साथीहरुसंग विभिन्न उत्सवमा बेला बेलामा हुने जमघट, सुखद पाहुना घरको सुखद सम्झना, लेखा उपसचिव हिरालाल भण्डारीसंग प्रकृतिको घुम्टो भित्र ककनीमा पाएको न्यानो अनुभुति, को ले नि का नुवाकोटले २०७६ चैत्रमा गरेको पिकनिकको आयोजना यी सबै अविष्मरणिय रुपमा रहि रहनेछन ।

नुवाकोटको ऐतिहासिक दरवार र एकिकरण कालमा चर्चित बेलकोट गढीको अवलोकन गर्दा वीर पुरुषहरु प्रति श्रद्धाले शिर निहुरियो । राष्ट्रियताको संरक्षण र सम्वर्धनमा निरन्तर लागि रहन गढी जस्तै उच्च मनोभावना लिएर संगैको तादी,त्रिशुली जस्तै सबैको मन मष्तिष्कमा अटुट रुपमा प्रवाह गरि रहन सकुन भन्ने कामना गरें ।

समयक्रममा दिनहरु वित्दै थिए एवम क्रमले । कार्यालयसंगको आत्मियता पनि उसै गरी बरको रुख झैं भांगिदै थियो । यसै विच निमित्त कार्यालय प्रमुखको रुपमा कुशलता पुर्वक भुमिका निर्वाह गर्नु भएका शम्भु कुमार शाहको २०७८ जेष्ठको अन्तिमतिर २३ महिनाको सुखद वसाई पछि भएको विदाइले हामी सबैमा सबै किसिमको रिक्तताको महशुस गरायो ।