
धादिङ भदौं २१ । नेकपा माओवादी केन्द्र धादिङको जनवर्गिय संगठनहरुले गाउँपलिका स्तरमा कमिटी निमार्णलाई तिब्रता दिई रहेका छन् । विशेष त अहिले अखिल क्रान्तिकारी र अखिल नेपाल महिला सघं (क्रान्तिकारी) ले गाउँ पलिका स्तरमा कमिटी निमार्णलाई जोड दिई रहेका छन् ।
आज अखिल नेपाल महिला सघं (क्रान्तिकारी) सिद्धलेक गाउँपालिका स्तरिय कमिटी गठन गरेको छ । पलिकास्तरीय उक्त भेलाले पुष्पा अधिकारीको अध्यक्षतामा ३५ सदस्य कमिठी गठन गरीएको अ.ने.म.संघ (क्रान्तिकारी) धादिङले जनाएको छ ।
