धादिङको गल्छीले ‘सी’ लिग छनोटमा आज ललितपुरको इमाडोल सँग खेल्दै

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १८, २०७८

धादिङ भाद्र १८ । धादिङ गल्छीको शुभारम्भ युवा समाजले आज ललितपुरको इमाडोल युवा क्लव सँग सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा प्रतिपर्धा गर्ने भएको छ । भाद्र १६ गते बुधबार धादिङ कै ज्वालामुखीको लगनशील युवा क्लवलार्ई १ गोलले हराउँदै पहिलो जित दर्ता गराएको शुभारम्भ युवा समाजले आज दिनको ३३० बजे ललितपुरको इमाडोल युवा क्लव सँग खेल्न लागेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भाद्र १० गते देखि भईरहेको यो लिग प्रतियोगितामा ७८ वटा टिम सहभागि छन्, जसमा धादिङबाट ३ वटा क्लवहरुले भाग लिएका छन् । जसमा धादिङका दुई क्लवहरु ज्वालामुखीको लगनशील युवा क्लव र गल्छीको शुभारम्भ युवा समाज एउटै समहुमा परेका सँगै यी दुई बीचको खेल बुधबार सम्पन्न भएको थियो ।

यस खेलमा ज्वालामुखीलाई हराए सँगै गल्छीका सुमन घले ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । ज्वालामुखी सँगको खेलमा घाईते भएका कप्तान संग्दीलको फिट्नेस क्लबको लागि चिन्ताको विषय बनेको बताईएको छ भने, प्रशिक्षक जितेन्द्र श्रेष्ठ आफ्नो टिमले पहिलो खेलमा भन्दा उत्कृष्ठ प्रदर्शन गर्नेमा आशावादी रहेको बताउँछन् ।

यस छनोट प्रतियोगितामा हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।

शुभारम्भ युवा समाज गल्छीका खेलाडीहरु
साङ्दिल श्रेष्ठ गल्छी, अन्जित सुनारी गल्छी, लनिङ तामाङ गल्छी, विशाल विक, गल्छी, सुमन घले, गजुरी, अनिल भण्डारी गल्छी, कृष्ण उपरकोटी सिद्धलेक, आशिष मगर सिद्धलेक, श्याम मगर नुवाकोट, अर्जुन गुरुङ बेनघिाट रोराङ, अमित तामाङ गल्छी, सन्दिप थापा थाक्रे, रोहन रिजान थाक्रे, विजय लामा थाक्रे, निश्चल भण्डारी सिद्धलेक, समुन्द्र भण्डारी गल्छी, नविन तामाङ गल्छी, रवि सारुमगर नुवाकोट, रमेश लामा नुवाकोट, राहुल गिरी सिद्धलेक, विशु श्रेष्ठ गल्छी, दिलिप गुरुङ गल्छी, रन्जित कुमार नेपाल नुवाकोट