बागमतीमा एमालेका १२ सांसदले नेकपा एस रोजे

Avatar photo
Dhadingpost
भदौ १५, २०७८

धादिङ भाद्र १४ । हेटौंडा स्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई एमालेका १२ जना सँंसदले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका छन् ।

कूल १०९ जना सांसद रहेको बागमती प्रदेशमा नेकपा एमालेको मात्रै ५६ जना सांसद थिए । जसमध्ये १२ जनाले एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन् । यो सँगै मुख्य मन्त्री अष्ठलक्ष्मी शाक्य अल्पमतमा परेकि छिन् अब उनले संसदबाट विश्वासको मत लिनु पर्ने भएको छ ।

दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको छ । प्रदेश सरकार गठनका लागि ५५ जना सांसद आवश्यक पर्छ । नेकपा एकिकृत समाजवादी पार्टी रोज्ने १२ जना सांसदहरुमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल, कृष्ण खनाल रहेका छन् ।