नुवाकोटमा, क्याम्पस प्रमुखको कुर्चीमा आगजनी

Avatar photo
Dhadingpost
भदौ १५, २०७८

नुवाकोट भाद्र १५ । नुवाकोट आर्दश वहुमुखी क्याम्पसका प्रमुखको कुर्ची विद्यार्थीहरुले आगजनी गरेका छन् । लामो समयदेखि क्याम्पसमा पढाई नभएको तथा अनलाइन कक्षाको माग गरेपनि क्याम्पस प्रमुख पाण्डेले कक्षा संचालन नगरेकोले आफुहरु विरोधमा उत्रनु विकल्प नभएको विदार्थीहरुले बताएका छन् ।

अनेरास्ववीयु नुवाकोटका विद्यार्थी नेता राजेन्द्र पनेरुले क्याम्पस प्रमुखले राजनीतिक खोल ओडेर क्याम्पसमा राजनिति गरिरहेको आरोप लगाए । उनले क्याम्पस प्रमुख पाण्डेलाई विद्यार्थीलाई पढाउनु पर्ने चिन्ता भन्दा क्याम्पसमा संचालक समिति बनाउने र भत्काउने काम महवपूर्ण हुनेगरेकोले विद्यार्थीहरु संघर्षमा उत्रनु परेको बताएका छन् ।

क्याम्पस प्रमुख पाण्डेलाई जिम्मेवारी बोध गराई विद्यार्थीको पढाई सुचारु गर्न र विद्याथीहरुलाई छात्रवृति प्रदान गराउन दवाव दिने उदेश्यले विरोधमा उत्रनु परेको विद्यार्थी रामेश्वर गजुरेल बताउँछन् । तस्वीर बिदुरखवरबाट