
धादिङ भाद्र ९ । पार्टी फुटको पक्षमा नहुने बताए सँगै अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पद मिल्यो । बागमतीमा ११० सांसदमध्ये एमालेका ५६ मध्ये विगतमा माधव नेपालको पक्षमा २२ जना थिए ।
पार्टी विभाजन सँगै मुख्य मन्त्री शाक्य एमाले मै रहने पछि नेपाल पक्षको सांसद घटेर १० भन्दा कममा आईपुगेको बताईन्छ । यस्तो स्थितिमा बजार हल्ला चले जस्तो गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डे मुख्य मन्त्री हुने भन्ने हल्लाले पुर्णता पाउन ठनि मात्रै हैन बागमती प्रदेश अर्ली इलेक्शन तर्फ अगाडी बढ्ने देखिन्छ ।
बहुमतको सरकार गठनका लागि आवश्यक ५६ सांसदका लागि माओवादी केन्द्रको २३ र नेपाली काँग्रेसको २२ जनामा थप ११ जना आवश्यक पर्छ । माधव नेपाल समूहमा १० भन्दा कम छ । त्यसबाहेक विवेकशील साझा पार्टीका ३, राप्रपाका २, नेपाल मजदूर किसान पार्टीका २ र स्वतन्त्र १ सांसद छन् । गठबन्धनलाई राप्रपा र नेपकिपाको साथ मिल्ने सम्भावना लगभग छैन । विवेकशीलले साथ दिंदा माधव नेपाल पक्षमा कम्तिमा ८ जना हुनुपर्छ ।
बागमतीमा कसैको पनि बहुमत नपुग्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले अष्टलक्ष्मी शाक्य नै मुख्यमन्त्री रहने, फेरि बहुमतको सरकार गठनको आव्हान हुने र त्यो बन्न नसके मध्यावधि चुनावमा जान सक्छ ।