माधवको पार्टीमा, अधिकांश उनी पक्षका स्थायी कमिटीका सदस्यहरु नजाने

Avatar photo
Dhadingpost
भदौ २, २०७८

काठमाडौं भाद्र २ । नेता माधव कुमार नेपालले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै उनका समुहका अधिकांश स्थायी कमिटीका सदस्यहरु नजाने नयाँ पार्टीमा नजाने भएका छन् ।

नेता नेपालले केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्‍याएर दल दर्ता गर्न अघि बढेका छन्, तर नेपालले गठन गर्ने नयाँ पार्टीमा उनलाई साथ दिँदै आएका अधिकांश स्थायी कमिटीका सदस्यहरु नजाने नयाँ पार्टीमा नजाने भएका हुन् ।

माधव नेपाल समुहमा क्रियाशिल भएर अभिव्यक्ति दिँदै आएका उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नेपालले बनाउने नयाँ पार्टीमा नजाने भएको स्रोतले बतायो ।

उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, अध्यादेश ल्याउन लगाएर माधवकुमार नेपालले र नेताहरुलाई कारबाही गरेर अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको भन्दै ‘व्यक्तिले गरेको गल्तीको सजाय पार्टीलाई दिन सकिन्न । हामी एकताकै पक्षमा छौं ।’