अष्टलक्ष्मीले छाडिन नेता नेपालको साथ आजै मुख्यमन्त्री बन्दै

Avatar photo
Dhadingpost
बुधबार, भदौ २, २०७८

धादिङ भाद्र २ । माधव नेपालको पार्टीमा नजाने निर्णय गरे सँगै नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । आज सम्पन्न नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा शाक्य सर्वसहमत चुनिय पछि आजै उनी मुख्यमन्त्री बन्ने बताईएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आजै राजीनामा दिने भएका छन् । संसदीय दलको नेतामा डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी शाक्य सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री परिवर्तन हुने प्रमुख सचेतक दीपक निरौलाले बताए ।

डोरमणी अन्तिम क्याबिनेट बैठकका लागि मुख्यमन्त्री कार्यालयमा गएका छन् र त्यसपछि प्रदेश प्रमुखसमक्ष राजीनामा दिनेछन् । आजै अष्टलक्ष्मी शाक्य वागमतीको मुख्यमन्त्री नियुक्त हुने निरौलाले बताए ।

सपथग्रहण भने भोलि हुनेछ । एमालेले दलको नेता परिवर्तनको सूचना प्रदेश प्रमुखको कार्यालयलाई दिएको छ । एमाले दलको बैठकमा तीन चारजनाबाहेक सबै सांसद उपस्थित भएको निरौलाले बताए ।