
काठमाडौं भाद्र १ । राष्ट्रपतिले दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने अध्यादेश जारी गरे सँगै अन्नतः नेकपा एमाले फुट्ने भएको छ ।
माधव नेपाल पक्षले अध्यादेश अनुसार मापदण्ड पुरा गरी नेकपा एमाले समाजवादी दल दर्ता गने र चुनाव चिन्ह खुल्ला किताव राख्ने निणय गरेको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।
एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री बुधबार दिउँसो निर्वाचन आयोग पुगेर आवश्यक कागजात मिलाउन फर्किएका छन् ।
खतिवडाले माधव नेपालको नेतृत्वमा बन्ने नेकपा एमाले (समाजवादी) पार्टी इमान्दार, नैतिकवान, आदर्श कम्युनिष्टहरुको पार्टी हुने समेत दावी गरेका छन् ।