धादिङबाट ३ वटा क्लवले भाग लिने भए, सी डिभिजन छनोट खेलमा

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १, २०७८

धादिङ भाद्र १ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनोट प्रतियोगितामा धादिङबाट ३ वटा क्लवले भाग लिने भएका छन् ।

उक्त प्रतियोगिताको लागि धादिङबाट चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छीले भाग लिने भएका हुन् ।

बैरेनी युवा समुहबाट खेल्ने तयारी गरेका खेलाडीहरु शुभारम्भ युवा समाज गल्छीबाट यो प्रतियोगिता खेल्न लागेका हुन् यस क्लवले विभिन्न चरणमा खेलाडी छनोट गरी खेलाडीलाई क्लोज क्याम्पमा राखि सकेको छ ।

यस्तै चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगन्सिल युवा क्लव ज्वालामुखी तयारी गरि रहेका छन् । यस छनोट प्रतियोगितामा सहभागिहरु बीच भएको प्रतियोगिताबाट छानीएका ३ टिम मात्रै सहिद स्मारक सि डिभिजन लिगमा पुग्ने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए ।

(बैरेनी युवा समुह र शुभारम्भ युवा समाज गल्छी बीच सहमति बने सँगै शुभारम्भ युवा समाज गल्छी उक्त प्रतियाेगितामा खेल्न लागेकाे हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएकाे छ । सम्पादक)