सैनिक कल्याणकारी कोषको कक्षा ११ मा छात्रवृत्ति आवेदन सम्बन्धी सूचना

Avatar photo
Dhadingpost
सोमवार, साउन ३२, २०७८

श्री बाहालवाला तथा भूतपूर्व राष्ट्र सेवक सैनिक परिवार ।
धादिङ जिल्ला स्थायी ठेगाना भएका नेपाली सेनाका वहालवाला र भूपू सकलदर्जाका सैनिकका छोराछोरीलाई कक्षा ६ देखि १२ सम्म सैनिक कल्याणकारी कोषबाट छात्रवृत्तिमा अध्यपन गराउन Empanelled School को अवधारण अन्तर्गत धादिङ जिल्लाबाट यस एड्भान्स एकेडेमी पनि छनोट भएको जानकारी गराउँदै चालु शैक्षिक सत्र २०७८ का लागि कक्षा १० (एसईई) उत्तीर्ण भएका सैनिक परिवारका विद्यार्थी भर्ना अभिलेखिकरणका लागि आवेदन खुलेको हुँदा एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट आवेदन फारम लिई रितपुर्वक भरेर आवश्यक कागजात सहित २०७८ भदौ १५ गतेभित्र यस एड्भान्स एकेडेमीको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैमा सुचित गरिन्छ ।

प्रावधानहरुः
१. आवेदन फारम एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट लिन र पेश गर्न सकिनेछ ।
२. आवेदन फारम साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरुः
विद्यार्थीको एसईई उत्तीर्ण गरेको मार्कसिट, ग्रेडसिटको प्रतिलिपि
1. विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि
2. विद्यार्थीको पासपोर्ट साइसको फोटो
3. वहालवाला सैनिकको हकमा परिचय पत्रको प्रतिलिपि
4.भूतपुर्वक सैनिकको हकमा पेन्सन पट्टाको प्रमाणित प्रतिलिपि
थप जानकारीका लागि सम्पर्क व्यक्तिहरु:
श्री भीमबहादुर श्रेष्ठ, प्रिन्सिपल : ९८५११७०७८३
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यालय, धादिङ फोन नं. ०१० ५२१३५७