
काठमाडौं साउन ३२ । प्रतिनिधिसभाको चालु अधिवेशन आज राति देखि अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णयलाई एमाले फुटाउन अध्यादेश ल्याउने तयारीका रुपमा हेरिएको छ ।
नेपाल पक्षलाई सहज हुनेगरी एमाले फुटाउन सरकारले राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश ल्याउन आजै राति देखि लागु हुने गरि प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न लागेको बालुवाटारनिकट स्रोतले बतायो ।
स्रोतका अनुसार राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ । अध्यादेशमार्फत सोही प्रावधान खुकुलो बनाए ‘केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत’ पुर्याए विभाजनका लागि पुग्ने व्यवस्था गर्न लागिएको हो ।
नेकपा एमालेको विभाजन बिना सरकार विस्तार लगायतका काम असहज भएकोले सरकारले अध्यादेश ल्याई माधव नेपाललाई पार्टी फुटाउन सहज बनाउने र नेता नेपाल पक्षलाई मन्त्री मण्डलमा ल्याउने गठबन्धन सरकारको तयार अनुरुप अध्यादेश ल्याईन लागेको हो ।
यता नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउनलागेको भन्दै विरोध जनाएका छन् ।