
धादिङ साउन ३२ । शिक्षक महासंघ भित्र नेतृत्वको विवाद कमला तुलाधर अध्यक्ष बसे सँगै हल हुने संकेत देखिएको छ । सेवा निवृत्त सँगै बाबुराम थापालाई अध्यक्ष छाड्ना चौतफी विवाद भएको थियो ।
आलो पालो अध्यक्ष लिन शिक्षक संघ संगठनको सहमति अनुसार आगामी भदौ मसान्तर सम्मका लागि शिक्षक महासंघको अध्यक्ष एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनबाट बाबुराम थापा अध्यक्ष बनेका थिए । उनी सेवा निवृत्त भए सँगै सृजित विवाद हल गर्न संगठनले तुलाधरलाई अध्यक्ष बनाएको हो ।
थापा गत चैत २८ गते उमेर हदका कारण अवकाश भएका थिए । अवकाश प्राप्त शिक्षक पनि नेतृत्वमा रहीरहन पाउनुपर्ने गरी थापा कृयाशिल रहेकोमा आपत्ति जनाउँदै आएका थिए उक्त कार्यलाई अप्राकृतिक, अप्रजातान्त्रिक र महासंघको मर्मविपरीत भएको भनेर विवादित बनेको थियो ।
एमाले अध्यक्ष ओली निकट मानिने कमला तुलाधर महासंघको अध्यक्ष बने सँगै महासंघले गर्दै आएको ३४ बुदे मागको आन्दोलन झनै शसक्त हुने आशा गरिएको छ ।