धादिङबाट दुवाडी बागमती प्रदेश सहकारी विकास बोर्डमा मनोनित

Avatar photo
Dhadingpost
शनिबार, साउन ३०, २०७८

धादिङ साउन ३० । वागमती प्रदेश सरकारले प्रदेश सहकारी विकास बार्डमा धादिङकी सीता दुवाडी मनोनित गरेको छ । साउन २८ गते विहिवार बसेको बागमती प्रदेश मन्त्री परिषद बैंठकले बागमती प्रदेश सहकारी विकास बोर्डमा तीन जना सदस्य मनोनित गरेको हो ।

मनोनित हुनेमा धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष सीता दुवाडी, चितवन स्थायी घर भएकी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी उपाध्यक्ष शान्ती अधिकारी र दोलाखा जिल्ला सहकारी कर्मी गोविन्द दुलाल रहेको बागमती प्रदेश सहकारी विभागका रजिष्टार विक्रम प्रसाद पाण्डेले जानकारी दिए ।

यस अघि सहकारी विकास वोर्डको उपाध्यक्षमा मकवापुर जिल्ला सहकारी संघका अध्यक्ष, दुग्ध उत्पादक सहकारी केन्द्रीय अध्यक्ष र राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहेका नारायण प्रसाद देवकोटा मनोनित भइसकेकाछन् ।

वागमती प्रदेश सरकारले सहकारी विकासकय लागि गर्नु पर्ने सम्पुर्ण संरचनागत पुरा भएकाले अव सहकारी क्षेत्रको विकास र प्रर्वद्धनमा गति प्राप्त हुने रजिष्टार पाण्डेले बताए ।

सहकारी विकास बोर्डमा पाँच सदसीय रहने व्यवस्था अनुसार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री अध्यक्ष, कार्यकारी उपाध्यक्ष, एक जना, दुई महिला सहित तीन जना सदस्य रहेकाछन् । बोर्डको कार्यालय प्रदेश राजधानी हेटौडामा स्थापना गरी सञ्चालनमा आएको रजिष्ट्रार पाण्डे बताए ।