माओवादी नेता सोनाम लुम्बिनीको मुख्यमन्त्री बने

Avatar photo
Dhadingpost
बिहिबार, साउन २८, २०७८

काठमाडौं साउन २८ । माओवाद्री केन्द्रका युवा नेता कुल प्रसाद केसी सोनाम काँग्रेस लगायतको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरे सँगै संविधानको धारा १६८ (२) बमोजिम सोनाम मुख्यमन्त्री बनेका हुन् ।

उनलाई मुख्य मन्त्री बन्न नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले सहयोग गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए । सोही अनुसार काँग्रेस, माओवादी केन्द्र, जसपासहितका गठबन्धन सोनाम मुख्यमन्त्री बनेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रले प्रदेशसभाको बाँकी १६ महिना कार्यकालमा ८-८ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् । सो अनुसार माओवादी केन्द्रका केसीले आगामी फागुन २ पछि सरकारको नेतृत्व कांग्रसलाई दिने छन् ।