मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

Avatar photo
Dhadingpost
बुधबार, साउन २७, २०७८

काठमाडौं साउन २७ । केपी ओली नीकट एमाले नेता शंकर पोखरेलले लुम्बिनीको मुख्यमन्त्रीबाट राजिनामा दिएका छन् ।

माधव नेपाल पक्षका ३ जना एमाले सांसदहरु ले सहयोग नगर्दा पोखरेल अल्पमतमा परेका थिए । दाङका अमर डाँगी र कपिलवस्तुका दीर्घनारायण पाण्डेले एमालेसँगै सांसद पदबाट राजीनामा दिए भने नेकपाको उपनिर्वाचनबाट आएकी एमाले सांसद विमला वलीले साथ छाडेर माओवादीतिर लागे सँगै उनी अल्पमतमा परेका थिए ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका हुन् ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।