राष्ट्रिय युवा परिषदद्वारा भिडियो प्रतियोगितामा सहभागि हुन आव्हान

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २६, २०७८

धादिङ साउन २६ । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा हुने short video प्रतियोगितामा सहभागिताको लागि अव्हान गरेको छ ।

सूचना जारी गर्दै परिषदले भनेको छ, खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नव प्रवर्तन भन्ने नाराको साथ यहि साउन २८ गते अन्तराष्ट्रिय युवा दिवस प्रतियोगिता हुन गहिरहेकोले short video प्रतियोगितामा सहभागि हुन आव्हान गरिन्छ ।

सेभ द चिल्ड्रन नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा हुने उक्त प्रतियोगितामा १६-४० उमेर समुहका नेपाली युवाहरुले भाग दिन पाईने बताईएको छ ।

सूचनामा भनिएको छ, short video बढीमा ३ मिनेटको हुनुपर्ने छ भने, भिडियो माथि उल्लेखित शिर्षक अनुसार बनाईनु पर्ने छ ।