गुप्ताङ्गमा ब्राउनसुगर लुकाई ल्याउने दुई महिला पक्राउ

Avatar photo
Dhadingpost
साउन २४, २०७८

काठमाडौं साउन २४ । गुप्ताङ्गमा ब्राउनसुगर लुकाएर ल्याउने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गुप्ताङ्गमा लुकाईरहेको अवस्थामा ४४.३००ग्राम ब्राउनसुगर सहित दुई महिलालाई प्रहरीले झापाको गौरीगञ्जबाट पक्राउ गरेको हो ।

पक्रउ पर्नेमा झापा दमक १ बस्ने ३४ वर्षिया मञ्जु धिमाल र सोही ठाउँकी २५ वर्षिया बिमला धिमाल रहेका छन् ।

गौरीगञ्ज ४ कदमगाछीमा सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोली उनीहरुलाई पक्राउ गरेको हो ।