गंगालाल तुलाधरको गाउँ कल्लेरीबाट एमाले कार्यकर्ता कांग्रेसमा प्रवेस

Avatar photo
Dhadingpost
शनिबार, साउन २३, २०७८

धादिङ साउन २३ । धादिङको गल्छी गाउँपालिका २ कल्लेरीबाट एमालेको चर्चित नेता एवम् पूर्व मनत्री गंगालाल तुलाधरको गाउँबाट पटक पटक गरी ७० जना भन्दा बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेस गरेका छन् ।

आज आयोजित पार्टी प्रवेस कार्यक्रममा बोल्दै महादिवेशन प्रतिनीधि एवम् प्रदेश सांसदका प्रत्यसी तथा कार्यक्रमका प्रमुख अतिथि मधुसुधन श्रेष्ठले यस अघि गगन थापा र म आफैले ४९ जना एमाले कार्यकर्ता कांग्रेसमा प्रवेस गराएको र आज थप २१ जनालाई कांग्रसेमा प्रवेस गराएको बताए ।

कम्युनिष्टहरुले गाउँमा आएका सरकारी बजेट झ्वाम पारे, जनतामा विकासको नाममा सरकारी वजेट कार्यकर्ता पोस्ने काम गरे, विचार एउटा, कार्यशैली अर्को कम्युनिष्ट चरित्रका भएका कारण काँग्रेस प्रवेस गर्नेहरु दिन-दिन बढेको समेत श्रेष्ठले बताए ।

कांग्रेस नेपाली माटो हो, नेपालको विकास र राष्ट्रियताको रक्षा कांग्रेसको एजेण्डा हो । कांग्रेस जे बोल्छ त्यो गर्छ र गरि रहेका छौं । अब कांग्रेस आन्तरिक किचलोमा नफसि जनपक्षिय काममा लाग्ने उनले प्रतिवद्धता समेत गरेका थिए, गल्छीबाट श्रीराम खतिवडाले धादिङपोष्टलाई बताए ।

आज सुजन श्रेष्ठको नेतृत्वमा २१ जना एमाले कार्यकर्ता कांग्रेस प्रवेस गरेको समेत खतिवडाले बताए ।

कांग्रेस गल्छी गाउँपालिकाका सभाति गोपी रिमालको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेवि सघं महामन्त्री उर्मिला थपलिया, कृष्ण रिजाल लगायतको आथित्यता रहेको थियो ।