
धादिङ साउन २३ । यतिबेल माओवादी केन्द्रको युवा संगठन वाईसीएलले देशभर वडा तह सम्म कमिटी बनाई रहेको छ ।
वाईसीएलले धादिङमा १०४ वटा वडा मध्य ५० वटा वडाहरुमा कमिटि बनाई सकेको भएता पनि हुँलाको ताँजाकोट गाउँपालिका स्तरीय समिति गठनको फोटो यतिबेला सामाजिक संजालमा भाईरल बनेको छ ।
चुनावको बेलामा जस्तै हुम्ला ताँजाकोटमा वाईसीएलले मार्चपास गर्दै गाउँ भेला गरेका थिए । दुई दिनसम्म चलेको गाउँपालिका स्तरीय भेलाले ७५ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो । नब गठित वाईसिएल अध्यक्ष गणेश मल्लको नेतृत्वमा ७५ सदस्यीय वाईसिएल गठन गरेको थियो ।
हुम्लाको फोटो आफ्नो फेसबुकमा पोष्ट गर्दै केन्द्रिय अध्यक्ष दिपशिखाले मलाई सफा मनले केहि प्रियहरूले सोध्नुभएको छ वाईसियल खोई ! मेरो दावा छ, केन्द्रदेखि स्थानिय तहसम्म अपवाद छोडेर वाईसियलको संगठन बनेको छ । कोरोना र संक्रमणले गतिविधि नदेखिएको लेखेका छन् ।