
काठमाडौं साउन १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को जोखिम बढ्दै गएकोले सबैखालका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह प्रस्ताव गरेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन् ।
परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न सकिने विकल्प सुझाउँदै राज्यमन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयलाई यस्तो आग्रह गरेका हुन् । ‘हामीले शिक्षा मन्त्रालयलाई औपचारिक जानकारी गराउने तयारी गरेका छौं’ उनले भने ।
स्वस्थ्य मन्त्रालयले पत्रकारलाई यो जानकारी दिई रहेका बेला राष्ट्रिय परीक्षा अध्यक्ष प्रा।डा। चन्द्रमणी पौडेलले कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने बताएका छनु ।
हल्लाको पछि नलागौं कक्षा १२ को परीक्षा निर्धारित मिति मै हुन्छ पौडेलले भने ।
कोरोना भाईरस (कोभिड – १९) को दोश्रो लहरका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा विद्यार्थीले पढेकै विद्यालय अर्थात् होम सेण्टरमा दिन पाउने व्यवस्था बोर्डले गरि सकेको छ ।