कोरोनाबाट मृत्यु भएका दिपक सुनारको परिवारलाई १ लाख १० हजार सहयोग

Avatar photo
Dhadingpost
आइतवार, साउन १७, २०७८

धादिङ साउन १७ । नेपाल सुँनचाँदी कला व्यवसायी संघ धादिङका सदस्य दिपक सुनारको गत जेठ २९ गते ३९ वर्षको उमेरमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

उनै स्वर्गिय दिपक सुनारको परिवारलाई नेपाल सुँनचाँदी कला व्यवसायी संघ धादिङले नगद १ लाख १० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

नुवाकोट बिदुर नगरपालिका वडा नं २ घर भई हाल धादिङ जिल्ला गल्छी गाउपालिका वडा नं ७ मा डेनियल सुन चाँदी पसल व्यावसाय गर्दै आएका स्वर्गिय दिपक सुनुवारको परिवारलाई धादिङ शाखाका अध्यक्ष रमेश गुरुङ लगायतका पदाधिकारीले संयुक्त रुपमा मृतक सुनारका श्रीमतीलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।