पूजाको प्रसाद खाँदा एकै गाउँका ३० जना बिरामी

Avatar photo
Dhadingpost
शनिबार, साउन १६, २०७८

काठमाडौं साउन १६ । पूजाको प्रसाद खाँदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ चापाबोट चालिसे गाउँका ३० जना बिरामी परेका छन् ।

मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालका अनुसार स्थानीय एउटा घरमा पूजामा प्रसाद खाएकाहरु ३० जनालाई झाडापखाला लागेको छ । सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव भएन । हामी बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केका छौँ ।

३ जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याएका छौँ उपप्रमुख भगवती नेपालले बताई । फुडपोइजनको कारणले झाडापखाला लागेकोले ४८ घण्टासम्म सबैलाई ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । समाचार स्रोत थाहाखवर