धादिङका रविन अधिकारीले एनआरएनए पोर्तुगलको अध्यक्षमा जित्ने आधारहरु

Avatar photo
Dhadingpost
बिहिबार, साउन १४, २०७८

धादिङ साउन १४ । धादिङबेसी घर भई पोर्तुगल बस्दै आएको रविन अधिकारीले गैर आवासीय नेपाली संघ, पोर्चुगलको अध्यक्ष पदमा उम्मदवारी दिए सँगै उनको पक्षमा चुनावी माहौल ह्वात्तै बढेको छ ।

एनआरएनएमा २०१७-१९ को कार्यकालमा युवा संयोजक रहेका काम गरिसकेका उनी पोर्तुगलमा रहेका नेपालीहरु बीच राम्रो घुलमिल भएका युवा समाजसेवी हुन् उनीले अध्यक्षमा उम्मेदवारी दिएपछि सामाजिक संञ्जालहरुमा देखिएको गैआवासी नेपालीहरुको समर्थनले पनि जित नजिक छन् भन्ने झल्को दिन्छ ।

विशेषतः उनलाई एमाले समर्थकले समेत मतदान गर्ने सहमतिले पनि जितको नजिक पुर्याएको बताईन्छ । तेसो त, कुरामा भन्दा काममा विश्वास गर्ने उनीले सामाजिक योगदानको मुल्यांकन गरि मतदान गर्न अपिल गरेका छन् ।

रविन अधिकारीको चुनावी प्रतिवद्धता यस्ता छन्

  • हरेक पोर्चुगल बासी नेपालीको अपनत्व हुने गरी संस्था रुपान्तरणको निरन्तरता दिने ।
  • गैरआवासीय नेपाली संघका पदाधिकारीहरुलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन वैधानिक व्यवस्था गर्ने साथै एनआरएनए पोर्चुगल ले तय गरेको नीति तथा योजनाहरुलाई सार्वजनिक छलफलमा ल्याउदै आवश्यक सल्लाह, सुझाव सहित संकलन गर्ने गरी सुचना आदान प्रदानलाई प्रभावकारी बनाउनेछु ।
  • ५० हजार युरोसम्मको अक्षयकोष स्थापना गर्दै आपतकालीन कामका लागि प्रयोग गर्ने ।
  • मातृभूमिको लागि आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रबर्धनका कार्यक्रमहरुको निरन्तरता सहित सुदृढ़ र एकिकृत नेपाली समाजको परिकल्पना लाई अगाडी बढाउने।
  • संस्थाको दिगो आर्थिक मजबुतीकरण र पारदर्शितालाई सुद्रिढीकरण गर्ने ।
  • स्मार्ट एनआरएनए अभियानलाई अझै मुर्त रुपमा ल्याउन र आवश्यक ढाट़ा सुरक्षा प्रणालीलाई सुद्रिदिकरण गर्न पहल गर्ने।
  • युवाहरुलाई एनआरएनए अभियानमा स्वतस्फूर्त सक्रिय हुने वातावरण तयार गर्ने।
  • ‘’नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हक हित र अधिकार प्राप्तिका लागि निर्णयात्मक भूमिका खेल्ने।
  • बालबालिकाको लागि नेपाली भाषा,साहित्य,कला र संस्कृतिको प्रबन्ध तथा विकासको लागि समुदाय संग मिलेर प्रभावकारी अभियान चलाउन पहल गर्ने ।

चुनाव जुलाई ३१ मा हुँदैछ ।