एमालेमा प्रवेश गरेको छैन भन्दै टोपबहादुर सर्वोच्चमा

Avatar photo
Dhadingpost
बुधबार, साउन १३, २०७८

काठमाडौं साउन १३ । केपी ओलीको नेर्तत्वमा रहेको नेकपा एमालेमा आफु प्रवेश नगरेको भन्दै टोपबहादुर रामाझी लगायतका नेताहरु सांसद पद पनरवहानीको माग गर्दै सर्वोच्च पुगेका छन् ।

सांसद पदमा पूर्नवाहालीको माग राख्दै पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफूले माओवादी त्याग गरी एमाले प्रवेश नगरेको बताउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

रिटमा उनले माओवादी केन्द्रको महाधिवेशन नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् । नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेमा प्रवेश गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीसहित लेखराज भट्ट, साह र गौरीशंकर चौधरीलाई सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेको संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

संसद् सचिवालयले उनीहरुलाई गत चैत २६ गते सांसद पदबाट हटाएको थियो । सांसद पदबाट हटाएको करिब ४ महिनापछि रायमाझी सर्वोच्च अदालत गएका हुन् ।