जीप दुर्घटनामा तीन जनाको मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, साउन १३, २०७८

गुल्मी साउन १३ । जीप दुर्घटना हुँदा गुल्मीमा तीन जनाको मृत्यु भएको छ । शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप गुल्मीको मुसिकोटमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीपमा सवार १० जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी शर्माको अनुसार मृतकको पहिचान भइसकेको छैन । जीपमा सवार एक जना गम्भिर घाइते भएका छन् । सबै घाइतेको उद्धार भइरहेको छ । जीपमा रहेका एक जना बच्चा भेटाउन सकिएको छैन । उनीहरुलाई सदरमुकाम तम्घास ल्याउने तयारी भएको उनले जानकारी दिइन् ।