
बेल्जियम साउन ११ । गैर आवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत भएको निर्वाचनमा एक समुह मतदान स्थल प्रवेस गरि मतपेटिका टोडफोड गरे सँगै उम्मेदवार सहित ४ जना माथि कुटपिट भएको छ ।
आईतबार भएको उक्त निर्वाचन सकिनु १५ अगाडी आन्त्र्वोपेन क्षेत्रको बुथमा एक समुह प्रवेस गरि मतपेटिका टोडफोड सँगै पूर्व उपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना के।सीं, यस निर्वाचनमा कोषाध्यक्षको उमेदवार पुष्प नेपाल (लोकन्द्र), निर्वाचन आयुक्त लोक प्रसाद दाहाललाई कुट पिट गरेका हुन् ।
उक्त समुहले मतपेटिकालाई फुटाली मतपत्रहरुलाई भूँईमा छिरोली एक किसिमको केमिकल (एसिड) छर्केर नष्ट गर्ने प्रयास गरेको निर्वाचन आयुक्त लोक दाहालले धादिङपोष्टलाई बताउनु भयो । आन्त्र्वोपेन क्षेत्रको सवै मटपत्रहरु सुरक्षित राख्दै पुन अर्को वक्सको व्यवस्था गरी सुरक्षित राखिएको छ ।
निर्वाचन सदस्य सचिव शिव कुमार वरुवाल, निर्वाचन आयुक्त लोक दहाल, क्षेत्रीय निर्वाचन सम्योजक पवन सुवेदीले विज्ञप्ती जारी गर्दै आक्रमणकारीहरुको पहिचान र उक्त घोर निन्दनीय घटनालाई संचालन गर्ने श्रोतसम्म पहिचान गरी कानुनी उपचारतर्फ जाने बताएका छन् ।
यस निर्वाचनमा धादिङका कासी दनैले उपाध्यक्षमा र महासचिवमा रमेश कडेलले उम्मेदवारी दिएका छन् ।
घटना पछि यस्तो छ निर्वाचन समितिको विज्ञप्ती
२५ जुलाई २०२१ का दिन गैर आवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्र्तगतको निवाचनमा बेल्जियमस्थित ७ वटैं निर्वाचन क्षेत्रहरुहरुमा निर्धारित समय विहान ९:०० वजेदेखि दिउँसो ५:०० वजेसम्म निर्वाचन सम्पन्न भईरहेको थियो । तर अकस्मात आन्त्र्वोपेन क्षेत्रमा लगभग ४स्४५ वजे विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भूईँमा छरपष्ट पार्दै वुथ कव्जा गरी मत पेटिका कव्जा गर्ने प्रयास गरियो । त्यसको प्रतिकार गरी मतपेटिकालाई जोगाउनको लागि निर्वाचन स्थलमा उपस्थित एनआरएन सदस्यहरु प्रतिकार गर्न जाँदा उपस्थित दिदीबहिनी तथा दाजुभाईहरु माथि पनि सांघातिक आक्रमण भई घाईते बनाईयो ।
उक्त निर्वाचन वुथ कव्जाको शिलसिलामा आक्रमणकारी व्यक्तिहरुले एक किसिमको केमिकल प्रयोग गरी पूर्व उपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना के।सीं, यस निर्वाचनमा कोषाध्यक्षको उमेदवार रहनु भएका पुष्प नेपाल (लोकन्द्र) माथि सांघातिक आक्रमण गरी घाईते बनाइएको छ । त्यस्तै उक्त घटना घट्दै गर्दा सो निन्दनीय कार्यको विरोध गर्दै उनीहरुलाई सम्झाउन जाँदा यस निर्वाचनका निर्वाचन आयुक्त लाई समेत आक्रमण गरी कुटपिट गरिएको छ ।
मतपेटिकालाई फुटाली मतपत्रहरुलाई भूँईमा छिरोली वुथ कव्जा गर्न खोजेता पनि त्यहाँ उपस्थित सचेत एनआरएनका सदस्य साथीहरुले त्यसको प्रतिकार गर्दै आन्त्र्वोपेन क्षेत्रको सवै मटपत्रहरु सुरक्षित राख्दै पुन अर्को वक्सको व्यवस्था गरी सुरक्षित राखिएको छ ।
यसै सिलसिलामा भएको यो घटना घोर निन्दनीय, अपमानजनक र अमानवीय घटनाप्रति निर्वाचन समितिको ध्यानाकार्षण भएको र उक्त घटनालाई कानूनी रुपमा नै अगाडि बढाउने र आक्रमणकारीहरुको पहिचान र उक्त घोर निन्दनीय घटनालाई संचालन गर्ने श्रोतसम्म पहिचान गरी कानुनी उपचारतर्फ जाने निर्वाचन समिति दृढ निर्णय र संकल्प रहेको छ । एनआरएन बेल्जियमका साधारण सदस्यहरुको समेत उक्त कानुनी उपचारको माग रहेको जानकारी गराँउदछौं ।
उक्त आक्रमणकारीहरुको पहिचान खोजी गर्न बेल्जियमको प्रहरी प्रशासन समक्ष उक्त घटनाको तथ्य प्रमाण र भिडियो फुेटजहरु बुझाइ सकिएको छ । साथै प्रहरी प्रशासनको प्रारम्भिक अनुसन्धानमै आक्रमणकारीहरुको पहिचान खुलिसकेको छ र श्रोत संचालक खोजीको लागि प्रहरी प्रशासनले थप समय मागेको जानकारी यहाँहरुलाई गराउन चाहन्छौं ।
उक्त घटना कै सिलसिलामा निर्वाचनमा संलग्न पक्षहरु मध्ये, एक पक्षबाट आएको विज्ञिप्ति प्रति निर्वाचन समितिको गम्भीर ध्यानकर्षण भएको जानकारी गराउँदै अवको बाटो कानुनी बाटो नै भएकोले सम्वद्ध सवैलाई कानुनी उपचार र फैसालको प्रतिक्षा गर्न आग्रह गर्दछौं । बेल्जियम स्थित समस्त मतदाता ज्युहरुले आफ्नो अमुल्य मतदान गरि दिनु भएको सबै मतदाताहरु प्रती हार्दिक धन्यवाद दिदै निर्वाचन समितिको तर्फ बाट मतपत्रहरु एन आर एन ए केन्द्रिय प्रतिनिधिहरु , एन आर एन ए प्रतिनिधि र उम्मेदवारको रोहवरमा मतपेटिका सुरक्षीत रहेको ब्यहोरा समेत यसै बिग्यप्ती द्द्यारा जानकारी गराउदछौ ।
अब कसरी अगाडी बडने बिषयमा आई सी सी र उम्मेद्वार हरू सॅग परामर्ष गरी जानकारी गराउने छौ
धन्यबाद
निर्वाचन सदस्य सचिव शिव कुमार वरुवाल
निर्वाचन आयुक्त लोक दहाल
क्षेत्रीय निर्वाचन सम्योजक पवन सुवेदी