
काठमाडौं साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिन उपयुक्त लागेकोले राजिनामा दिएको बताउनु भयो ।
म पार्टी एकताको पक्षमा उभिएँ तर अनैतिक राजनीति हुन थाल्यो । यो खेलबाट अलग हुनलाई राजीनामा दिएको हुँ ।
