अटो नेपाललाई रोड सेफ्टी मिडिया अवार्ड

Avatar photo
Dhadingpost
असार २०, २०७८

काठमाडौं असार २० । विगत एक दशक भन्दा लामो समय देखि निरन्तर रुपमा नेपालमा अटोमोबाईल सम्बन्धि समाचार सम्प्रेषण र प्रकाशन गर्दै आएको अटोमोबाईल मेगेजिनलाई रोड सेफ्टी मिडिया अवार्ड प्रदान गरिएको छ ।

नेपालमा मोटर स्पोर्टस खेलकुदलाई र रोड सुरक्षाको क्षेत्रमा विगत १५ वर्ष देखि प्रवर्द्धनात्मक काम गर्दै आएका दुई संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र नासा फाउन्डेसनले हरेक दुई वर्षमा प्रदान गर्ने यो अवार्ड शनिबार एक कार्यक्रमका बीच मेगेजिनलाई प्रदान गरिएको हो ।

नेपालको मोटर स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील रही कलम चलाए बापत उक्त अवार्ड प्रदान गरिएको नासा नेपालले बताएको छ ।

नेपाल रेडक्रस सोसाइटीका सभापति डा. नेत्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नासा फाउण्डेसन नेपालकी संयोजक भगबती सेढाई, नेसनल एलाइन्स फर सेफ एण्ड सष्टेनेबल मोबिलीटीका संयोजक गोबिन्द भट्टराईको उपस्थिती रहेको थियो ।