ज्वालामुखी र त्रिपुरासुन्दरीका स्थानीयले रगत नि:शुल्क पाउने

Avatar photo
Dhadingpost
बुधबार, असार १६, २०७८

धादिङ असार १६ । नेपाल रेडक्रस सोसाईटी सँग ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकाले संझौता गरे सँगै यी गाउँपालिकाका विरामीहरुले रगत नि:शुल्क पाउने भएका छन् ।

यी दुई गाउँपालिकालाई ५ वर्ष सम्म रेडक्रसले नि:शुल्क रगत दिने गरि संझौता भएको र यस वापत लाग्ने शुल्क यी दुई गाउँपालिकाले एक मुष्ट रकम भुक्तानी गरे सँगै रेडक्रसले रगत निशुल्क दिने संझौता भएको हो ।

रेडक्रस सोसाईटी धादिङका सभापति नारायण तिमल्सिनाका अनुसार धादिङ १३ वटै स्थानीय तह बीच संझौता गर्ने तयारी भएको छ । हाल ज्वालामुखी र त्रिपुरासुन्दरीले संझौता गरेका हुन् ।

सभापति तिमल्सिनाका अनुसार संझौता भएका पालिकाका स्थानीयले भरतपुर, चितवन, पोखरा, कास्की, रक्त संचार केन्द्र ललितपुर, रक्त संचार केन्द्र भक्तपुर, केन्द्रीय रक्तसंचार विभाग र रक्त संचार केन्द्र धादिङबाट रगत आवश्यक परेका विरामीलाई नि:शु्ल्करुपमा उपलब्ध गराईने छ ।