
काठमाडौं असार ११ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको जनाएको छ ।
निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।
पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।
एमाले प्रवेस गर्ने यी जनप्रतिनिधिहरुको पद गयो
- प्रमुख रिना कुमारी साह, मौलापुर न.पा. रौतहट
- प्रमुख सियाराम कुशवाहा कटहरिया न.पा. रौतहट
- उप्रमुख परनिया देवी देवाही गोनाही न.पा. रौतहट
- उप्रमुख गौरिशंकर प्रसाद मैलापुर न.पा. रौतहट
- उप्रमुख कान्ति देवी फतुवाविजयपुर न.पा. रौतहट
- उपप्रमुख सिमल कुमारी साह माधवनारायण न.पा. रौतहट
- उपाध्यक्ष गितादेवी साह यमुनामाई न.पा. रौतहट
- नगर का।पा। सदस्य सतमीलाल दास ताती लहान न.पा. सिरहा
- अध्यक्ष शेष फारुक सम्सी गा. पा. महोत्तरी
- उपप्रमुख छायाँ देवी देवकोटा भजनी गा. पा. कैलाली
- वडाध्यक्ष भागिरथी विष्ट गौरीगंगा न.पा. ४, कैलाली
- वडाध्यक्ष शर्मानन्द भट्ट गोदावरी न.पा. १, कैलाली
- वडाध्यक्ष पुरन विसी बर्दगोरिया न.पा. ४, कैलाली
- वडाध्यक्ष सुरेश कुमार थापा चम्पादेवी गा. पा. ७, ओखलढुंगा
