डिभिजन वन कार्यालय धादिङको निःशुल्क विरुवा वितरण सम्बन्धि सूचना

Avatar photo
Dhadingpost
बिहिबार, असार १०, २०७८


डिभिजन वन कार्यालय, धादिङको आ.व २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत डिभिजन वन नर्सरी धादिङबेसी र बेनिघाट सव डिभिजन नर्सरी विशालटार, धादिङमा उत्पादन भएका वनजन्य, फलफुल, डालेघाँस तथा शौन्दर्य प्रजातिका विरुवाहरु मिति २०७८/३/१० गतेबाट नि:शुल्क रुपमा वितरण गरिने व्यहोरा अनुरोध छ ।

संस्थागत रुपमा बृक्षरोपण गर्न चाहनेले संस्थाका निर्णय सहितको विरुवा माग निवेदन र व्यक्तिगत रुपमा बृक्षरोपण गर्न चाहनेले बृक्षरोपण गरिने जग्गाको लालपुर्जाको फोटोकपी, व्यावसायिक फर्म भए, फर्म दर्ता प्रमाण पत्रको फोटोकपी, नागरिकताको प्रतिलिपी संलग्न गरी निवेदन गर्नुहुन अनुरोध गर्दछौँ ।