
धादिङ जेष्ठ ३१ । संचारको विकास सँगै अहिले धेरै कामको लागि मोबाईले तपाई हामीलाई सहजकता प्रदान गरेको छ । हामीले मोबाईल प्रयोग गर्दै गर्दा सुरक्षाका सावधानीहरु ख्याल गरेनौ भने कस्तो अवस्था आउला सोचौं त ?
हाम्रा हरेक कुरा मोबाइलसँग जोडिएका छन् । सामाजिक सञ्जाल, बैंकिङ कारोबार र अनलाइन शपिङ, तपाई हाम्रो कल रेकर्ड, अडियो रेकर्ड, भिडियो, फोटो अन्य फाइल र डेटाको लागि हामी स्मार्ट मोबाईल चलाई रहेका हुन्छौं ।
हामीलाई लाग्न सक्छ, मोबाईल चोरी हुँदा मात्रै यी सबै डा असुरक्षित रहन सक्छ । यति मात्रै सोच्यौ भने हाम्रो मोबाईल सुरक्षित छैन भनेर जान्दा हुन्छ । मोबाइल चोरी नभएको अवस्थामा पनि अहिले साइबर सुरक्षाको जोखिम फैलिरहेको छ ।
यस्तोमा तपाईंको मोबाइलमा ह्याकरले पहुँच बनाएर पनि तपाईंका महत्वपूर्ण फाइल तथा बैंकमा पहुँच राख्न सक्छ । त्यसका लागि पनि हामीले बोक्ने मोबाइललाई सुरक्षित राख्नु अबको सबैभन्दा महत्वपूर्ण कदम हो ।
मोबाईल सुरक्षित राख्न के गर्ने त ? नेपाल दूरसञ्चार प्राधिकरणले दिएको केहि टिप्सहरु :
- कुनै पनि App Install गर्नुभन्दा अगाडि सो App सँग सम्बन्धित End-User Agreement तथा App को Privacy Policy अवश्य पढौं ।
- स्मार्टफोनलाई Jailbreak/root गरी प्रयोग नगरौं । भेटिएको स्मार्ट फोनको प्रयोग नगरी नजिकैको प्रहरी कार्यालयमा बुझाऔं ।
- गुगल प्ले स्टोर वा एप स्टोर (Official Reputed App Store) बाट Rating तथा Review को आधारमा मात्रै App Download गरी install गर्ने गरौं।
- App Install गर्दा App ले Camera Access/Location Tracking/Contacts/Media/Audio/File Access को Permission माग गरेमा Deny गरौं ।
- App ले मोबाइलको कुन कुन Data Access गर्छ र App मार्फत Third Party लाई share हुने व्यक्तिगत विवरण सम्बन्धमा जानकारी राखौं ।
- प्रयोग नहुने बेला मोबाइल फोनको WiFi, Bluetooth, Mobile Data, GPS आदिलाई बन्द (OFF) गरी राखौं ।
- मोबाईललाई बलियो पासवर्ड (Password) तथा डिजिटल औठाछाप जस्ता Bio-metric Log In प्रयोग गरी सुरक्षित राखौं । पासवर्ड (Password) समय समयमा परिवर्तन गरौं ।
- प्रयोग नभएको बेला मोबाइल ह्याण्डसेटलाई Lock गरेर राखौ | साथै Idle अवस्थामा Auto-Lock हुने गरी । फोनको Settings मा Configure गरौं ।
- मोबाइल फोनको सफ्टवेयर (Operating System / Applications) लाई नियमित रुपमा अद्यावधिक गरौं । साथै मोबाइल फोनको सुरक्षाको लागि अनिवार्य रुपमा Genuine Firewall/Anti Virus / Mobile Security Solutions को प्रयोग गरौं ।
- अरुले मोबाइल फोनको प्रयोग गर्न नसक्ने गरी मोबाइल ट्र्याकिंग हुन सक्ने गरी, Completely Wipe out गर्न सक्ने गरी तथा सिमकार्ड परिवर्तन गरेमा कुनै निश्चित नम्बरमा Alert आउने गरी Configure गरौं । यस्ता settings ले मोबाइल हराएमा भेट्टाउन सहयोग पु-याउँछ र मोबाइलमा भएका व्यक्तिगत विवरणहरु अरुको पहुँच पुग्नबाट बचाउँछ ।
- मोबाइल मार्फत डिजिटल कारोबार गर्दा असुरक्षित Free Public Wi-Fi/Hotspot को प्रयोग नगरौं।
- मोबाइल ह्याण्डसेटमा हुने संवेदनशील डाटाको Backup राखौं । साथै मोबाइलमा समेत उक्त संवेदनशील डाटालाई encryption गरेर राखौं ।
- मोबाइल ह्याण्डसेटबाट अनलाइन तथा मोबाइल बैंकिङ्ग सेवा उपभोग गर्न मोबाइल डाटा/Secure Wifi प्रयोग गरौं । साथै Multi-factor Authentication जस्तै Two Factor Authentication, Mobile Number, OTP, Fingerprint इत्यादि ) को प्रयोग गरौं ।
- अपरिचित मोबाइल नम्बर / इमेल / Whats App/Viber/Messenger आदिबाट आएको सन्देश, फोनकल लगायतलाई Reply/Response नगरौं ।
- Freeware, Pirated software / game, Free music/video, अश्लील सामग्री उपलब्ध हुने जस्ता असुरक्षित वेभसाइटहरुको प्रयोग नगरौं, Pop-up link मा जथाभावी Click नगरौ र Freeware/shareware तथा Pirated Software, Music/Video/games डाउनलोड नगरौं ।