ट्रकको ठक्करबाट गल्छीका नवराज घिमिरेको मृत्यु

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २३, २०७८

धादिङ जेष्ठ २३ । धादिङको गल्छी गाउँपालिका भल्टार निवासी २४ वर्षिय नवराज घिमिरेको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

काठमाडौबाट भैरहवा तर्फ जाँदै गरेको लु २ च ७५९८ नम्बरको ट्रकले शनिबार राती १०ः४५ बजे ठक्कर दिएको र उपचारको लागि बुढीगण्डकी अस्पताल गल्छीमा लगिएको भएता पनि राती ११ः१० बजे उपचारको क्रममा मृत्यु भएको गल्छी प्रहरीले जनाएको छ ।