धादिङका रामकुमार थापा एनआरएनए जापान नागोयाको सचिवमा उम्मेदवार

Avatar photo
गोविन्द बुढाथोकी
शुक्रबार, जेष्ठ २१, २०७८

नागोया जेष्ठ २१ । जापानमा रहेका धादिङ गजुरी गाउँपालिका स्थित मलेखुका रामकुमार थापाले गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समन्वय समिती नागोयाको सचिवमा उम्मेदवारी दिनुभएको छ ।

जुन ६ तारिकको दिन आठौ अधिवेशन र नया कार्य समिती चयन हुदैछ । हालको कार्यसमिती मा सहसचिवको पदमा रही दरिलो छाप बनाउनु भएका थापालाई NRNA नागोयाको सचिवमा कडा उम्मेदवारको रुपमा हेरिएको छ । NRNA नागोयाको सचिवमा उम्मेदवारी दिनुभएका थापा धादिङ समाज नागोया जापानका पूर्व सचीव र धादिङ जिल्ला फुटवल संघका पूर्व उपाध्यक्ष भई काम गरिसकेका छन ।

tokyo fukusi univercity हुदै हाल NISSAN Automobile इन्जिनियरीङ अध्यनरत वहा April वाट निसान कम्पनीमा स्थाई कर्मचारीका रुपमा प्रवेश गर्न लाग्नुभएका रामकुमार सचिवका लागी अन्य उम्मेदवार भन्दा वलीयो दावेदारको रुपमा हेरिएको छ ।