नेता उज्वल थापाको निधन

Avatar photo
Dhadingpost
जेष्ठ १८, २०७८

काठमाडौं जेष्ठ १८ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ ।

थापाको आज बेलुका ४ बजेर २५ मिनेट जाँदा निधन भएको अस्पतालले प्रस विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

कोरोना संक्रमणका कारण उनी बिरामी परेपछि उनको उपचारका लागि शुभेच्छुकहरुले स्वःस्फूर्त रुपमा चन्दा संकलन अभियानसमेत संकलन गरेका थिए, जहाँ देश तथा बिदेशका हजारौं आम नागरिकले उनको उपचारका लागि सहयोग गरेका थिए ।