
काठमाडौं जेष्ठ १७ । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले नेपाल समुहको गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ ।
गठबन्धनका उम्मेदवार पाण्डेयले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउनु भएको हो । पाण्डेयले ४ हजार १४० मत र खड्काले ३ हजार ५९४ मत ल्याउनु भएको थियो ।