नेपाललाई चीनले १० लाख डोज खोप दिने

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १२, २०७८

काठमाडौं जेष्ठ १२ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका छन् ।

बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । यो घोषणा सँगै नेपालले चीनबाट १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा पाउने भएको हो ।