
काठमाडौं जेष्ठ १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका १४६ सांसदहरुले सर्वोच्च अदालतले रिट दायर गरेका छन् ।
प्रष्ट बहुमतसहित दाबी गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक कदम भएको ठहर गर्दै उनीहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गरेका हुन् ।