
धादिङ जेष्ठ ९ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ स्थित बेनीघाट बजारमा भेटिएको घाईते मृगलाई जिल्ला वन कार्यालयमा बुझाईएको छ ।
आईतबार बिहान घाईते अवस्थामा बेनीघाट बजारमा भेटिएको उक्त मृगलाई स्थानीयले बेनीघाट प्रहरीलाई बुझाएका थिए सामान्य उपचार गरि अहिले हामीले जिल्ला वन कार्यालयलाई बुझाएको बेनीघाटका प्रहरी हवल्दार राजन प्रजाले धादिङपोष्टलाई बताए ।