
काठमाडौं जेष्ठ ८ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले मध्यावधी चुनाव नगरेर जनमत संग्रहमा जान आव्हान गरेका छन् ।
संसद विघटनको पार्टीको धारणा वक्तव्य मार्फत सार्वजनिक गदैृ विप्लवले मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आउनुमा वर्तमान संसदीय व्यवस्थाको असफलता रहेको बताउँदै अब मध्यावधि चुनाव हैन जनमत संग्रह आवश्यक भएको विप्लवले बताएका हुन् ।
नेकपाका महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै २०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खाँदैन र यो सफल हुँदैन भन्ने आफ्नो पार्टीको निष्कर्ष सही साबित भएको उल्लेख गरेका छन् ।
वर्तमान संसदीय व्यवस्था असफल हुनुको पछाडि यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भन्दै महासचिव विप्लवले यो सत्ता र व्यवस्थाको सङ्कटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र सङ्कटमा धकेल्ने चाल मात्र भएको बताएका छन् ।
फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र सङ्कटमा धकेल्ने चाल मात्र आफ्नो पार्टीले उठाएको एजेन्डा आमनेपाली जनताको चाहना, मत र मागसँग जोडिएको उल्लेख गर्दै महासचिव विप्लवले विज्ञप्तिमा राज्यको सङ्कटलाई उचित निकास दिन संसद्वादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्ने मत अघि सारिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमतसङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसङ्ग्रहका लागि राजनीतिक पार्र्टीहरू तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौँ ।’
साथै विप्लवले विज्ञप्तिमार्फत जनमतसङ्ग्रहको निकास कुनै पार्टीविशेषको विषय नभएर देश र जनताका लागि दीर्घ शान्ति, स्थिरता, स्वाधीनता एवम् समृद्धिसँग जोडिएको विषय भएकाले यसका पक्षमा एकताबद्ध भएर उत्रिन सबै प्रगतिशील, देशभक्त, वामपन्थी, कम्युनिस्ट पार्टी, सहिद तथा बेपत्ता योद्धा परिवार, घाइते योद्धा, मजदुर, किसान, महिला, दलित, जनजाति, युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, वकिल, पत्रकार साथै पार्टीका नेता–कार्यकर्तालाई विशेष अपिल गरेका छन् ।
वक्तव्य जस्ताको तस्तै
