विद्यार्थीका अभिभावलाई सुझाव

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ५, २०७८

आदरणिय अभिभावक ज्युहरु नमस्कार , यतिन खेर हामी पुर्ण बन्दाबन्दिमा छौं। हाम्रा शेैक्षिक संस्थाहरु बन्दछन् , यद्यपि हामीले आ-आफ्नो बिषय अनुसारको शिक्षण सिकाई र क्रियाकलाप घरमा नै सिमित छ ।

आज म विशेषतः यहाँहरुको सन्तान हाम्रा विद्यार्थी जो ११ देखि १५ वर्ष उमेर समुहमा पर्नुहुने विद्यार्थीहरुमा देखा पर्ने परिवर्तन र बृद्धि बारे जानकारी र उनिहरुलाई अभिभावकहरुले गर्नुपर्ने दायित्व तथा हेरचाहको सन्दर्भबारे जोड्ने पक्षहरू बारे बताउँछु ।

१. यो पुरै खालि समय हो, तसर्थ यहाँहरुले आफ्नान नानिबाबुहरुलाई आफ्नो जात, धर्म र समुदाय अनुसार हजुरको रिति, रिवाज, चालचलन तथा धर्म संसकृतिबारे खुलस्त पारि बताई दिनुहोला ।
२. सामान्यतया घरको काम जस्तै भान्साको काम करेसा बारिको डेकोरेसन तथा व्यक्तगत सरसफार्इ अनि पारिवारिक सरसफार्इ र बिहान बेलुका सम्भव भए खेतवारीको काममा पनि सहयोगि बनाउनु होला । आफ्नो जग्गाको स्थितिबारे पनि ज्ञान दिनुहोला ।
३. यी उमेर समूह भित्र उनिहरुको शारीरिक, मानसिक र संवेगात्मक पक्षको तिब्रबृर्दि र विकास हुने हँुदा उनिहरुलाई खुवाउने पोषणमा ध्यान लिनु होला ।
४. उनिहरुको संवेगात्मक परिवर्तन अन्तरगत रिसाउने, केही माग पूरा नहुँदा झर्किने र ठुलो स्वरमा कराउने गर्दछन् भने अनौठो नमान्नुहोला अनि आफ्नो माग पूरा हुँदा उनिहरु स्वभावैले हौसिने र औधि खुसि पनि हुने गर्दछन् ।
५. शरिरिकका अंगहरुको तिब्रबृद्दि र विकास सँगै विपरित उमेरसमुहमा आर्कषित हुन खोज्ने उमेर पनि तसर्थ ख्याल गर्नुहोला ।
६. यी उमेरसमुहका केटाकेटीहरु आफ्नो शरिरमा आएको आन्तरिक र बाह्य परिवर्तनका कारण आफ्ना समस्याहरु प्रस्टसंग व्यक्त गर्न लाज र अड मान्न सक्छ तसर्थ आफैंले बुझ्ने कोसिस गर्नुहोला कहिलेकाही उनिहरुबाट गल्ती हुँदा सिधैं गाली नगर्नुहोला । प्रसंग या कुरा घुमाएर भन्ने गर्नुहोला ताकि उनी हत्तोसाहित नहुन् ।
७. उनिहरु विशेषतः आफ्नो साथ समुहमा बढि विस्वास गर्ने अनि उनिहरुसितै समहु बनाई खेल्न रुचाउने गर्दछन् यससँगै आफ्नो साथीले भनेको कुराहरुलाई हार मान्न नसक्ने हुँदा उनिहरु खराब काम तथा कुलतमा नि फस्न सक्छन् । यी पक्षमा पनि ध्यानदिनु होला यो उमेर (११-१५ ) उनिहरुको लागि जोखिम र संवेदनशिल उमेर हो, तसर्थ सबैले जति सक्नुहुन्छ त्यति आफ्नो बालाबच्चाको ख्याल गर्नुहुन अनुरोध गर्दछु ।

मिश्र शाक्य
श्री चन्द्रोदय मा. वि. बेनिघाट रोराङ ५, बिशालटार धादिङ