
धादिङ जेष्ठ ४ । धादिङको सिद्धलेक गाउँपालिकाले वडा नम्बर ६ स्थित फिस्टारमा ५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेर १५ शैयाको आईशोलेसन बनाएको छ ।
यस्तै सिद्धलेक गाउँपालिकाले आधारभूत स्वास्थ चौकी ४ वटा, स्वास्थ्य चौकि ३ वटा, स्वास्थ्य बिन्दु ४ वटा गरि ११ वटै स्वास्थ्य केन्द्रहरुमा संभावित कोरोना महामारिको रोकथाम तथा उपचारको लागि १०० वेडको आईशोलेशन बनाउन सक्ने गरि तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ ।