बेनीघाट रोराङले अक्सिजन सिलिण्डरको जो हो गर्दै

Avatar photo
दिपेश कडेल
मङ्लबार, जेष्ठ ४, २०७८

धादिङ जेष्ठ ४ । धादिङ जिल्ला कोरोना भाईरससंक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो । काठमाडौं सँग जोडिएको जिल्ला भएपनि यस जिल्लामा रहेको अक्सिजनका खाली सिलिण्डर भर्न बारा जिल्ला पुग्नुपर्ने वाध्यता त छँदै छ ।

कोरोना भाईरस संक्रमितहरुको लागि अत्यवश्यक पर्ने अक्सिजन व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहहरु जुट्न थालेका छन् । यहि शिलशिलामा बेनीघाट रोराङले २८ वटा अक्सिजनको सिलिण्डर जोहो गरेको छ ।

बेनीघाट रोराङले यसरी गर्यो अक्सिजन सिलिण्डरको जोहो

  • गाउँपालिकाले खरिद गरेको १२ वटा
  • धादिङ अटो मोबाइल एसोशीयसनले ६ थान
  • Huaxin cement factory बाट ५ थान
  • चरौदी घुम्ती निवासी कृष्ण प्रसाद रेग्मी बाट १ थान
  • भैरवी वोर्कसप बाट ३ थान
  • स्वस्थ्य कार्यलय धादिङ बाट १ थान