नेपाल सुपर लिगको फाईनल आज

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १, २०७८

धादिङ जेष्ठ १ । नेपालमा पहिलो पटक जारी फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) को फाइनल खेल आज काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछ । धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स बीच आज बेलुका ५ः३० मा फाईल खेल हुनेछ ।

लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको काठमाडौं रेजर्सले इलिमिनेटर खेलको अन्तिम दुईमा स्थान बनाउन सफल भएको हो । सोही टोली शनिबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

फाइनलमा पुगेको धनगढीले लिग चरणमा काठमाडौंलाई २–१ ले पराजित गरेको थियो भने काठमाडौंले इलिमेनेटरको विजयी टोली ललितपुर सिटीमाथि दोस्रो क्वालिफायर खेलमा ३–० को जित निकाल्दै धनढीसँगको भिडन्त पक्का गरेको हो ।

पहिलो पटक आयोजना भएको फ्रेन्चाई फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ र व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।