
धादिङ बैशाख ३० । माधव नेपाल पक्षका कम्तिमा पनि २० जना सांसदलाई राजिनामा गराई आज गठबन्धनको सरकार बनाउने देउवा र प्रचण्डको योजना माधव नेपालले तुहाई दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार छलफल पछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरे सँगै आजै देउवा सरकार बनाउने योजना टरेको हो ।
दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए । उनले भने ‘आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टर्यो ।’