
धादिङ बैशाख ३० । नेपाल सुपर लिग ९एनएसएल० को फाइनल पुग्न प्लेअफमा धनगढी सँग पराजित काठमाडौं रेजर्सलाई फाईनल पुग्ने अवसर अझै अवसर छ । फाईनल पुग्न फेरि आज काठमाडौं रेजर्स ललितपुर सिटी एफसी सँग खेल्ने भएको छ ।
पहिलो प्लेअफमा पराजित काठमाडौँले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।
बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुर आज काठमाडौँविरुद्ध उत्रदै छ ।पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदूरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ ।