
धादिङ बैशाख २८ । नेपाली फुटबल ईतिहासमै पहिलो पटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसए) को लिक चरणको खेल सकिए सँगै आजबाट प्लेअफका खेल सुरुहुने छ ।
बैशाख ११ गते देखि सुरुभएको यस प्रतियोगिताको प्लेअफको शिर्ष चार स्थान सुरक्षित गर्ने भाग्मानी टिमहरु काठमाडौं रेजर्स, धनगढी एफसी, ललितपुर सिटी र बुटवल लुम्बिनी रहेका छन् ।
शीर्षस्थानमा रहेको काठमाडौं रेजर्सले आज फाइनल प्रवेशका लागि साँझ ५ः३० बजे धनगढी एफसीको सामना गर्नेछ । पराजित हुने टोलीले बुधबार हुने एलिमिनेटरको विजेतासँग खेल्दै फाइनल प्रवेश गर्ने अर्को अवसर पाउनेछ । एलिमिनेटरमा ललितपुर सिटी र बुटवल लुम्बिनी भिड्नेछन् । बिहीबार नै दोस्रो क्वालिफाएर हुनेछ ।
लिगका विजेताले पुरस्कार स्वरुप ३५ लाख रुपैयाँ, उप विजेताले १५ लाख रुपैयाँ, व्यक्तिगत ६ विधातर्फ उत्कृष्ट हुने प्रत्येकले एक एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचले २५ हजार र उत्कृष्ट युवा खेलाडीले १० हजार रुपैयाँ पाउने छन् ।